सहिद स्मृति कप आजदेखि
ekantipur.com · Sat Feb 11 01:17:18 GMT 2023
मकवानपुर — पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिता २०७९ आजदेखि हुने भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार सुरु हुने प्रतियोगितामा सात ‘ए’ डिभिजन क्लब, एउटा विदेशी र आयोजकसहित १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र आयोजक मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स, हिमालयन शेर्पा, एनआरटी, सातदोबाटो, एपीएफ र त्रिभुवन आर्मी क्लब छन् । विदेशी क्लबमा एभिनियर एफसी क्यामरुन तथा आयोजक, वाग्मती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र नव जनजागृति छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)