चौधरी ग्रुपद्वारा गोर्खामा लक्जरी हेरिटेज ‘समिट होटेल’ को शिलान्यास
hamrakura.com · Sat Apr 11 00:00:00 GMT 2026
काठमाडौँ। नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटेल’ को बिहीबार शिलान्यास गरेको छ।
काठमाडौँको चर्चित ‘समिट होटेल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ। सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौँको ऐतिहासिक समिट होटेलको विरासतलाई नयाँ स्वरूप दिँदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरूका साथै नेपाली मौलिकता प्रदान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)