मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनल र न्युकासल दुवैलाई बराबरीको धक्का

ekantipur.com · Sun Feb 12 01:13:52 GMT 2023

लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र न्युकासल युनाइटेड दुवै शनिबार बराबरीमा रोकिएका छन् । आर्सनललाई ब्रेन्टफोर्डले १–१ को बराबरीमा रोकेको हो । इमिरेट्समा भएको खेलमा आर्सनलले लिएन्ड्रो ट्रोसार्डको गोलले अग्रता लिए पनि ब्रेन्फोर्डका लागि इभान टोनीले बराबरी गोल फर्काए ।

तेस्रो स्थानमा रहेको न्युकासलसँग भने बर्नमाउथले १–१ को बराबरीमा चित्त बुझाएको हो । आर्सनल ५१ अंकमा शीर्ष स्थानमा छ भने न्युकासलको ४३ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)