सौराहमा चैते धान रोपाइँमा व्यस्त किसान
kalakarmi.com · Wed Mar 25 04:28:03 GMT 2026

चितवन- चितवनको सौराह क्षेत्रमा किसानहरू यतिबेला चैते धान रोपाइँमा व्यस्त देखिएका छन् ।
अनुकूल मौसम र पर्याप्त पानीका कारण खेतबारीमा चहलपहल बढेको छ। किसानहरूले बिहानदेखि नै खेतमा खटिँदै परम्परागत शैलीमा धान रोपिरहेका छन् ।
चैते धान खेती विशेषगरी सिँचाइको सुविधा भएका क्षेत्रमा गरिने गरिन्छ। यसले किसानलाई वर्षमा दुई पटक धान उत्पादन गर्ने अवसर प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)