मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धरानमा कोशीबाट पानी ल्याउन डिपिआर गरिदैं

news24nepal.tv · Tue Jun 28 00:59:06 GMT 2022

काठमाडाैं । सप्तकोशी नदीको पानी धरान पुर्‍याएर काकाकुल सहर धरानको तिर्खा मेटाउने लक्ष्यका साथ अध्ययन कार्य सुरु भएको छ। संघीय सरकारको खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत कोशीका पानी धरान पुर्‍याउने गरि अध्ययन सुरु गरेको हो।

सम्भाव्यता अध्ययनबाट कोशीको पानी धरान लैजान सम्भव देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सुरु गरिएको विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले जानकारी दिए। उनका अनुसार डिपिआरको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट भारतीय परामर्शदाता कम्पनी इण्डिया वापकोस लिमिटेड छनौट भएको छ। साथै, नेपालको सिम्याट कम्पनी पनि परामर्शदाताकोरुपमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)