दाइको मिर्गौला तस्कर खोज्दा आफ्नै गुम्यो
ekantipur.com · Sun Aug 08 01:09:13 GMT 2021
काभ्रे — आफ्ना दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर काभ्रेको बनेपा–५ का २८ वर्षीय युवाले आफ्नो मिर्गौलासमेत गुमाएका छन् । उनको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बनेपाले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
दीपक श्रेष्ठको नाममा नक्कली नागरिकतालगायत कागजात बनाइदिएर उनको मिर्गौला काठमाडौंकी एक महिलालार्ई दिइएको हो । भारतको कोलकातामा मिर्गौला प्रत्यारोपण भएको थियो । पीडितको जाहेरीका आधारमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)