कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा बनेको हो : प्रधानमन्त्री
ekantipur.com · Wed Jun 21 16:44:09 GMT 2023
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले यस्तो मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।
कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभूषण पाठकसँग भने-'यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।' उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । 'हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं,' प्रधानमन्त्री दाहालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)