मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीले अवकाशलगत्तै राजनीतिक नियुक्ति नपाउने !

ekantipur.com · Fri Nov 19 01:01:55 GMT 2021

काठमाडौँ — सरकारले निजामती निकायको उच्च तहबाट अवकाश हुनेबित्तिकै राजनीतिक नियुक्ति लिने परम्परालाई निरुत्साहित गर्न नयाँ प्रावधान ल्याउन लागेको छ । सरकारले अध्यादेशमार्फत निवृत्त कर्मचारीले राजनीतिक वा कूटनीतिक क्षेत्रमा नियुक्ति पाउन दुई वर्ष कुर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार निजामती सेवामा कार्यरत हुँदाहुँदै वा निवृत्त भएलगत्तै राजनीतिक पहुँचका आधारमा विभिन्न संवैधानिक आयोग, समिति, परियोजना, कूटनीतिक नियोग र दातृ संस्थाबाट सञ्चालित परियोजनामा नियुक्त हुने घटना प्रवृत्तिकै रूपमा बढ्दै गएका बेला त्यस्तो प्रस्तावमा सहमति भएको हो । विशिष्ट श्रेणीमा पुगेपछि कार्यसम्पादनमा भन्दा निवृत्त भएपछि नियुक्ति हुने बाटो खुलाउन शक्ति केन्द्रको वरिपरि घुम्ने प्रवृत्तिको आलोचना हुँदै आएको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन, महिला, वित्तलगायत आयोगमा पूर्वप्रशासकहरूको नेतृत्व र बाहुल्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)