हतियार इटालीका, आउँदै चीनबाट, बिचौलिया नेपाली
ekantipur.com · Fri Jul 15 01:01:27 GMT 2022
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले ८४ करोड रुपैयाँबराबरका हतियार तथा गोलीगट्ठा किन्न तीन विदेशी कम्पनीसँग सम्झौता गरेको छ । सटगन र पिस्तोल इटालीको बेरेटा र फाबार्म कम्पनीका भए पनि नेपाल ल्याउन चीनको पोली टेक्नोलोजिज इन्कलाई प्रयोग गरिएको छ । यसका बिचौलिया दीपक भट्ट हुन्, जसले नेपालको सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई समेत आफैं व्यवस्थापन गर्ने दाबी गर्दै आएका छन् ।
प्रहरी प्रधान कार्यालयले एक हजार थान पिस्तोल किन्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको हो । इटालीको बेरेटा डिफेन्स टेक्नोलोजिजमा उत्पादित पिस्तोल ल्याउन चिनियाँ कम्पनी पोली टेक्नोलोजिजसँग सम्झौता भएको छ । त्यस्तै पिस्तोलमा लाग्ने गोली भने चिनियाँ कम्पनीबाटै खरिद गर्ने सम्झौता छ । गोली खरिदका लागि हङकङको निहाल ट्रेडिङमार्फत काम भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)