आगलागी उद्धारका लागि बाराबाट गएका दुई जनाको मृत्यु
nepaltvonline.com · Mon Dec 04 00:14:36 GMT 2023
बारा- मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारिस्थित एक घरमा आगलागी भएपछि उद्धारका लागि बाराबाट गएका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय ताम्बा माईलाको घरमा आगलागी भएपछि उद्धारका लागि रतनपुर बाराबाट गएका स्थानीय ३६ वर्षिय लालबहादुर थिङ र जित बहादुर थिङको मृत्यु भएको हो । उनीहरु ठुलबुवा-भतिज हुन । घटनास्थलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)