डा. कपिल रिजाल निर्देशित ‘गौँथली’को ट्रेलर सार्वजनिक
himalpress.com · Sat Jul 04 06:11:24 GMT 2026

काठमाडौँ- चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको सङ्घर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । ट्रेलर चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का वरिपरि घुमेको छ ।
‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)