बागलुङका दुईवटै क्षेत्र कांग्रेसको भागमा परेन, कार्यकर्ता उत्रिए विरोधमा
thahakhabar.com
बागलुङ : आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका पाँच दलीय गठबन्धनले अधिकांश क्षेत्रमा सिट बाँडफाँड गरिसकेका छन्। सोही अनुसार बागलुङका दुईवटै क्षेत्रमा नेपाली कांग्रेसको भागमा परेको छैन।
एउटा पनि क्षेत्रमा कांग्रेसले भाग नपाएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्। दुईक्षेत्र मध्ये क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रको भागमा पर्ने गरी शीर्ष नेताले सहमति गरेका छन्। कांग्रेस दुईवटै क्षेत्रमा उत्तिकै शक्तिशाली छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)