मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : सही दिशाको यात्रा

nayapatrikadaily.com · Tue Aug 29 00:19:00 GMT 2023

एक पहलमानजस्ता हट्टाकट्टा मानिस सहरको एउटा स्टेसनमा उत्रिए । उनले एक ट्याक्सी चालकसित भने– म पशुपतिनाथ मन्दिर जान चाहन्छु । त्यहाँसम्मको भाडा कति लाग्छ ? चालकले विनम्रतापूर्वक जवाफ दिए– दुई सय रुपैयाँ लाग्छ सर ! पहलमानले भने– गाउँबाट आएको सोझो मान्छे देखेर लुट्न खोज्दै छौ कि के हो ? भैगो, त्यहाँसम्म म आफ्नो झोला आफैँ बोकेर हिँडेरै जान्छु ।

ती पहलमान झोला बोकेर आफ्नो बाटो लागे । निकै लामो समय हिँड्दा पनि उनी गन्तव्यमा पुग्न सकेनन् । साथै, गन्तव्य कति टाढा छ, त्यसको पनि उनलाई कुनै अनुमान भएन । केहीबेर थप हिँडिसकेपछि उनले पुनः पहिलेकै ट्याक्सी चालकलाई भेटे । उनले चालकसित भने– गुरुजी, अब त मैले आधाभन्दा बढी सडक त हिँडेरै पार गरिसकेँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)