मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दूध सङ्कलन केन्द्रले किसानलाई राहत, आम्दानीमा वृद्धि

gorkhapatraonline.com · Fri Jun 05 02:44:13 GMT 2026

दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी किसान परिक्रमाप्रसाद यादवलाई दूध बिक्रीको समस्या हटेको छ। गाउँमै दूध सङ्कलन केन्द्र सञ्चालनमा आएपछि दूध बिक्रीका लागि लमही वा भालुबाङ बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको हो।

भैँसीपालनलाई मुख्य पेसा बनाएका यादवले पहिले गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा दूध बिक्रीका लागि टाढा जानुपर्थ्यो। अहिले गढवा गाउँपालिका–६ गढवामा स्थापना भएको दूध सङ्कलन तथा बिक्री केन्द्रमा दूध बिक्री गर्दै आउनुभएका उहाँले गाउँमै केन्द्र सञ्चालन भएपछि बिक्रीमा सहजतासँगै आम्दानीसमेत बढेको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)