हवाई सुरक्षा अध्ययन गर्न अमेरिकी प्रतिनिधि नेपालमा
nayapatrikadaily.com · Sat Oct 22 00:46:00 GMT 2022
नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्न अमेरिकी नागरिक उड्डयन नियामक निकायका प्रतिनिधि नेपाल आएका छन् । नेपाल र अमेरिकाबीच दुईपक्षीय हवाई सम्झौताको तयारी भइरहेका वेला अमेरिकी प्रतिनिधि आएका हुन् । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनका प्रतिनिधिले बिहीबार काठमाडौं आउनेबित्तिकै छलफल सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतिनिधिले बिहीबार प्राधिकरणको फ्लाइट सेफ्टी विभागका कर्मचारीहरूसँग छलफल गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘उहाँले नेपालको समग्र हवाई सुरक्षा र हवाई सञ्जाल विस्तारका विषयमा अध्ययन तथा छलफल गर्ने कार्यक्रम छ,’ उनले भने, ‘नियामक निकायसँग हवाई सुरक्षाका विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट रिपोर्ट पनि अध्ययन गर्नेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)