मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैतीस दिनभित्र सबै बालबालिकाको जन्म दर्ता

deshsanchar.com · Fri May 23 17:15:22 GMT 2025

हुम्ला – बच्चा जन्मेको पैतीस दिनभित्र जन्म दर्ता गराउने बालबालिकाको संङ्ख्या बृद्धि भएको छ। कानुनी समय सीमा भित्र जन्म दर्ता गर्दाको महत्वको बारेमा चेतना जगाउने कार्य भएपछि स्थानीयहरु निर्धारित मितिमा जन्म दर्ता गराउँदै आएका छन्।

जन्मदर्ताको कानुनी महत्व र यसको सामाजिक प्रभावबारे जानकारी पाएपछि बच्चा जन्मेको पैतीस दिनभित्रै स्थानीय पञ्जीकरण शाखामा जन्म दर्ता गराउनेको सङ्ख्या बृद्धि भएको सर्केगार्ड गाउँपालिका– ७ का जानकी काकीले बताइन्। अझ समयमै जन्मदर्ता गराउनका लागि र् याली निकालेर गाउँगाउँमा प्रचार प्रसार गर्न थालेपछि बच्चा जन्मने बित्तिक्कै दर्ता गराउने कार्य हुने गरेको उनको भनाइ छ। उनले हाल जन्मदर्ता नभएको बालबालिका गाउँमा कोही पनि नभएको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)