साहसिक पर्यटनको सम्भावना घोर्ले भीर
deshsanchar.com · Fri May 23 17:45:10 GMT 2025

फिक्कल (इलाम) –ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन। वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरु रहेको घोर्ले भिर साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ।
समुन्द्री सतहबाट अनुमानित एक हजार ५०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा अवस्थित अन्दाजी १५५ हेक्टर क्षेत्रफलमा फैलिएको घोर्ले भिर प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण रहेको छ। स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकी जङ्गली जनावर घोरल प्रशस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)