फिल्म ‘मास्टर्नी’ को पोस्टरमा प्रियंकाको बाथटप सयन
himalpress.com · Sat Jul 04 06:26:17 GMT 2026

काठमाडौँ- आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रियंका बाथटबमा शान्त मुद्रामा सुतेकी देखिन्छिन्। बाहिरबाट उनी पूर्णतः संयमित र निश्चल देखिए पनि उनका आँखाले गहिरो रहस्य लुकाइरहेको आभास दिन्छन्। पोस्टरले सतहमा शान्त देखिने पात्रभित्र अनेकौं रहस्य र मनोवैज्ञानिक द्वन्द्व लुकेको संकेत गर्छ।
बाथटब वरिपरि रहेको अँध्यारो पानीमा पौडिरहेका सुनौला माछाले पनि पोस्टरलाई थप प्रतीकात्मक बनाएका छन्। ती माछाले शान्त वातावरणभित्र असामान्य घटना भइरहेको संकेत दिन्छन् भने पानीलाई सत्य वा अपराधका प्रमाण लुकाउने माध्यमका रूपमा पनि व्याख्या गर्न सकिन्छ। प्रियंकाको अनुहारमा डरभन्दा बढी आत्मविश्वास झल्किएको छ, जसले उनी साधारण पात्र नभई कुनै गहिरो योजनाको केन्द्रमा रहेको अनुभूति गराउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)