भीष्मराज फुलाराको चौँथो कृति ‘वासुदा’ सार्वजनिक
dcnepal.com · Sun Feb 20 17:30:51 GMT 2022
काठमाडौं । युवा साहित्यकार भीष्मराज फुलाराको चौँथो कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ । साहित्यकार नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, लेखक फुलारा र उनका दाजु वासुदेव फुलाराले आज राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा कृति लोकार्पण गरे।
समालोचक ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा छ । उपन्यासमा सङ्घर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको समीक्षा गर्दै ज्ञवालीले बताए । ज्ञवालीले भूमिका लेखेको यो ७५औँ पुस्तक भएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)