मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशको मन्त्रिमण्डल गठन, दुई जना मन्त्री नियुक्त

kathmandupati.com · Sun May 02 15:14:26 GMT 2021

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल गठन गरेका छन् । आइतबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेलगत्तै पोखरेलले दुई जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई शपथ ग्रहण गराएका छन् । चौधरी यसअघि सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधारमन्त्री थिए । रिजालले भने नयाँ नियुक्ती पाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)