गृहजिल्लामै कमजोर बने भीम रावल, ओलीपक्षीय वोहरा अध्यक्षमा विजयी
makalukhabar.com · Wed Jan 12 14:07:51 GMT 2022
धनगढी । नेकपा एमाले अछामको अधिवेशनमा ओली पक्षीय चन्द्र बोहरा विजयी भएका छन् । उनी नेता भीम रावल निकट प्रकाश शाहलाई १२४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार बोहराले ४३१ मत प्राप्त गरे भने रावल निकट शाहले ३०७ मत मात्रै पाए । नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)