प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
rajdhanidaily.com · Wed Mar 25 11:16:40 GMT 2026
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो । एक सय ६१ रनको लक्ष्य मधेस प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
मधेस प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो ।
त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे । बलिङतर्फ मधेस प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचार
खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य
उसु टोली चीन जाने
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने
बोल्नासाथ ढलेका एमाले कास्की इन्चार्ज थापाको निधन
साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
रूपान्तरण र नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् दल
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)