मुस्ताङमा ४५ प्रतिशतले बढे पर्यटक
farakdhar.com · Sun Jul 23 17:24:47 GMT 2023
मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आव २०७९–८० मा मुस्ताङमा ४५ दशमलव ७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले आव २०७९–८० मा कूल ७१ हजार सात सय सात विदेशी पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिए । ‘यो संख्या कोभिडअघि र पछिको पर्यटकीय तथ्यांकमा अहिलेसम्मकै उच्च वृद्धि हो,’ उनले भने, ‘आव २०७८–७९ मा कूल ३८ हजार आठ सय ९६ विदेशी पर्यटक भित्रिएका थिए ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)