परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed May 20 01:15:19 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका–३ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)