गण्डकी प्रदेश लय समात्दै
ekantipur.com · Thu Nov 03 01:17:51 GMT 2022
काठमाडौँ — गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गण्डकीले कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार समूह ‘बी’ को खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्यो । कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
जितका लागि २ सय ९ रनको लक्ष्य पाएको कर्णाली ४७ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भयो । गण्डकीले यसअघि सुदूरपश्चिम प्रदेशविरुद्ध जित पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)