मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
ratopati.com · Fri Jun 12 20:45:11 GMT 2026
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले बोस्निया–हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ । क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका हुन् ।
लारिन खेलको ७६औँ मिनेटमा मात्र तानी ओलुवासेयीको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। मैदान छिरेको तीन मिनेटभित्रै उनले गोल गरेर क्यानडालाई खेलमा फर्काएका हुन् । उनलाई गोलका लागि प्रमिस डेभिडले पास उपलब्ध गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)