मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दोस्रो  दिन खेल स्थगित

nayapatrikadaily.com · Wed Sep 29 00:31:00 GMT 2021

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । लगातार दुई दिन समर्थक खेलाडीका प्रदर्शन नहेरी नै घर फर्किएका छन् ।

सोमबार मैदान भिजेकै कारण काठमाडौं र विराटनगर वारियर्सको खेल स्थगित भएको थियो । काठमाडौंका पाकिस्तानी पूर्वकप्तान ब्याटिङ नै नगरी इपिएलबाट बिदा भएका छन् । इपिएलको पाँचौँ दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन राइनोजबीचको थियो । यो खेल पनि स्थगित भयो । आयोजक इपिएलले यी दुवै खेलका नयाँ तालिका सार्वजनिक तयारीमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)