बानेश्वरमा फोटो प्रिन्ट सञ्चालनमा
lokpath.com · Sat Nov 20 16:28:07 GMT 2021
विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरिरहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याब तथा स्टुडियो सञ्चालनमा ल्याएका छन् । नयाँबानेश्वर मीनभवन मुख्य सडकमा रहेको फोटो ल्याबले विश्वस्तरीय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उद्देश्यले ल्याब स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।
लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव सँगालिसकेका पाण्डेले ग्राहकको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्ट ल्याबको सुविधा र होम डेलिभरीको सेवासमेत रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)