मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा गोबरका दियो

ekantipur.com · Thu Nov 09 00:45:23 GMT 2023

धनगढी — टीकापुरका घनश्याम पौडेलले यसपालिको तिहारमा गोबरका दियो र अगरबत्ती प्रयोग गर्ने भएका छन् । तिहार लक्षित गरेर टीकापुरमा उत्पादन सुरु गरिएको गोबरका दियो, मूर्ति र अगरबत्ती उनले प्रयोग गर्ने भएका हुन् । कैलालीको टीकापुर–५ सीतापुर सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले पहिलो पटक यहाँ गोबरका दियो, अगरबत्ती र मूर्ति बनाएको हो ।

टीकापुर क्षेत्रका नौ जना स्वयंसेवी युवाले सामुहिक रूपमा छाडा चौपाया व्यवस्थापन गर्दै गौशाला सञ्चालन गरिरहेका छन् । दीपावलीलाई लक्षित गरी गौशालाबाट उत्पादन हुने गौमुत्र र गोबर प्रयोग गरी पहिलोपटक यहाँ दियो, अगरबत्ती र मूर्ति बनाउन सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)