वैदेशिक रोजगार मागपत्र मन्त्रालयमै प्रमाणीकरणको प्रयास असफल
onlinekhabar.com · Fri Feb 23 16:10:55 GMT 2024
११ फागुन, काठमाडौं । वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै प्रमाणीकरण गर्ने प्रयास असफल भएको छ । परराष्ट्र मन्त्रालयले नमानेपछि श्रम मन्त्राय ‘वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५’ नै संशोधन गरेर अघि बढ्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तयार भएको छ ।
केही मिनेटको दूरीमा रहेका सिंहदरबारका श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच पछिल्लो समयमा समन्वय र सहकार्यको दूरी लम्बिँदो छ । यसकै कारण श्रम मन्त्रालयले २७ चैत २०७९मा मागेको मागपत्र प्रमाणीकरणसम्बन्धी व्यवस्था संशोधन गर्ने प्रक्रियाका क्रममा पठाइएको रायमा परराष्ट्र मन्त्रालयले झण्डै ६ महिनापछि १८ असोज २०८०मा जवाफ फर्काएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)