निगुरो टिप्दा गोली प्रहार, सीमा क्षेत्रमा गोली चलाउनेको पहिचान खुलेन
annapurnapost.com · Sat Jul 02 00:20:00 GMT 2022
गुलरिया : बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। कर्तनियाघाट वाइल्ड लाइफ सेन्जुरीको घना मूर्तिहा जंगलमा निगुरो खोज्दै पुगेका गुलरिया नगरपालिका—३ बनकट्टाका ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो। उनलाई अज्ञात स्थानबाट चलाइएको गोली लागेको प्रहरीले जानकारी दिएको छ।
हेमराजको दाहिने खुट्टामा गोली लागेपछि उपचारका लागि आफन्तले गुलरिया अस्पताल पुर्याएका थिए। उनी गोली लागेपछि घर फर्किएको र उपचारका लागि परिवारले अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए। ‘परिवारले गोली लागेपछि घर आएको र अवस्था गम्भीर बन्दै गएपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताएका छन्। अझै पनि हामी यो विषयमा अनुसन्धान गरिरहेका छौं,’ प्रनाउ सुवेदीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)