आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष चारमा
annapurnapost.com · Wed May 20 01:24:19 GMT 2026

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)२०२६ अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। लखनउलाई पराजित गरेसँगै राजस्थान रोयल्स शीर्ष ४ मा उक्लिएको छ। जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२० रन बनाएको थियो।
लखनउले दिएको २२१ रनको विजयी लक्ष्य पछाएको राजस्थान रोयल्सले अन्तिम ओभरको पहिलो बलमा ३ विकेटको क्षति सहित २२५ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)