झस्काइरहने बाँदरमुढे
annapurnapost.com · Mon Jun 06 00:40:00 GMT 2022
चितवन : एउटा कहालीलाग्दो घटना। ३९ जनाको घटनास्थलमै ज्यान गयो। पछि ६ जनाले ज्यान गुमाए। ७२ जना घाइते भए। त्यही बसका यात्रु थिए, देवेन्द्रपुरका ५० वर्षीय कृष्ण अधिकारी। जेठ २३ गते उनका लागि कालो दिन हो।
जुन दिन सार्वजनिक बसमा चढेका सेनालाई लक्षित गरेर तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले माडीको बाँदरमुढे खोलामा एम्बुस थापेको थियो। यो घटना सम्झँदा अधिकारी झस्कन्छन्। त्यसबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले उनलाई बढी पीडा दिएको छ। चाहेर पनि बिर्सन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)