लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
ratopati.com · Fri Jun 12 21:01:51 GMT 2026

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोरन्टो स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ अंक जोड्दै विश्वकपमा आफ्नो पहिलो अंक दर्ता गराएका हुन् ।
खेलको सुरुवाती अग्रता बोस्निया–हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा इभान बासिचको पासमा स्ट्राइकर जोभो लुकिचले गोल गर्दै बोस्नियालाई १–० को स्थितिमा पुर्याएका थिए । पहिलो हाफमा बोस्नियाले सोही अग्रता कायम राखे पनि दोस्रो हाफको अन्त्यतिर क्यानडा खेलमा फर्कन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा