प्राइभेट कम्पनीलाई स्टक एक्सचेन्ज दिने गरी नियमावली संशोधन
ekantipur.com · Tue Sep 06 01:16:55 GMT 2022
काठमाडौँ — व्यावसायिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन मिल्ने गरी धितोपत्र बोर्डले सम्बन्धित नियमावली संशोधन गरेको छ । ‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ संशोधन गरी प्राइभेट लिमिटेड कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्न सक्ने व्यवस्था थपिएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।
हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छ । यसअनुसार प्राइभेट लिमिटेड कम्पनीले स्टक एक्सचेन्जमा लगानी गर्न पाउँदैनन् । सोही व्यवस्था परिमार्जन गरी प्राइभेट लिमिटेड कम्पनीले पनि एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था थपिएको अध्यक्ष हमालले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)