मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र

barnanmedia.com · Fri May 23 21:59:39 GMT 2025

सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ ।

विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेन । कवर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढि बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)