मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जुन्को तावेइको सगरमाथा आरोहणको स्मरण

barnanmedia.com · Fri May 23 22:01:48 GMT 2025

काठमाडौँ, १० जेठः नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम को आयोजना गर्नुभयो । सो अवसरमा पहिलो महिलाको रूपमा सगरमाथा आरोहण गरेको कुरालाई झल्काउँदै राजदूत तोरुले ताबेईलगायत जापानी पर्वतारोहण टोलीको उपलब्धिलाई स्मरण गर्नुभयो ।

ताबेईलाई नेपालका असल साथीहरूले सधैं समर्थन गरेको उहाँले उल्लेख गर्नुएभयो । राजदूत तोरुले नेपालको भव्य र मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वतारोही र सम्बन्धित व्यक्तिलगायत व्यक्तिगत÷तल्लो तहमा यी मित्रता र आदानप्रदानले जापान र नेपालबीचको सुमधुर सम्बन्धलाई बलियो बनाएको पनि बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)