मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

barnanmedia.com · Fri May 23 22:09:30 GMT 2025

काठमाडौँ, १० जेठः म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ माविनियोजन गरेको रु दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो । मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले रु एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)