थलाराका पीडित नभेटी फर्के प्रधानमन्त्री
annapurnapost.com · Fri Oct 22 07:03:00 GMT 2021
शिवराज भट्ट/धनगढी, सुभाष कठायत/बझाङ, महादेव अवस्थी/कञ्चनपुर, धनबहादुर भण्डारी/डडेलधुरा
बझाङको थलारा–३ डिख्ला पहिरोमा गगने सार्कीको परिवारका १८ सदस्य बेपत्ता छन्। उनीसँग न बस्ने घर छ, न खाने अन्न। सोमबारको पहिरोले परिवासहित सम्पत्ति स्वाहा गरिदियो। परिवार र घरवार गुमाएको पीडामा डुबेका गगनेलाई प्रधानमन्त्री शेरबहादुर देउवा आउने खबरले केही आशा पलाएको थियो। देउवा चढेको हेलिकप्टर आकाशबाटै फक्र्यो। सरकारी पक्षबाट सान्त्वना पाउने आशा निराशामा परिणत भएको उनले सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)