६ महिनामा सरकारको आम्दानी पाँच खर्ब १८ अर्ब, नौ दिनमा ९३ अर्बको राजस्व संकलन
setopati.com · Mon Jan 15 01:13:00 GMT 2024
पछिल्लो नौ दिनमा मात्रै ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस २० गतेदेखि २९ गतेसम्म ९३ अर्ब ३१ करोड २४ लाख रूपैयाँको राजस्व संकलन भएको हो।
९ दिन ९३ अर्ब बढीको राजस्व उठेपछि पुस महिनामा मात्रै राजस्व संकलन एक खर्ब ३३ अर्ब पुगेको छ। त्यस्तै चालु वर्षको साउनदेखि पुससम्मको अवधिमा चार खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)