मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती सेवामा पारदर्शिता, नैतिकता र उत्तरदायित्व

rajdhanidaily.com · Thu Dec 30 23:25:32 GMT 2021

समय कालक्रममा सरकारका नीतिनिर्णय कार्यान्वयन गर्ने सार्वजनिक प्रशासनको मुख्य जिम्मेवारीमा हिजो र आज खास फरक आएको छैन । सार्वजनिक प्रशासनलाई देशको शासन प्रणालीसँग अलग राखेर हेर्न सकिँदैन । नेपाल एकीकरणताका राजनीति एकीकरणका लागि समर्पित भएकाले प्रशासन पनि एकीकरण केन्द्रित भयो । राणाकालमा प्रशासन शासकको स्वार्थ पूरा गर्नमा नै रमायो । प्रजातान्त्रिक शासन प्रणाली र गणतन्त्रात्मक संघीय शासन प्रणालीमा निजामती प्रशासन प्रजातान्त्रिक एवं संघीय मूल्य मान्यताले सिञ्चित हुन आवश्यक भएको छ ।

म्याक्स वेवरको नियममा आधारित, नैतिक र सक्षम कर्मचारीतन्त्रले आधुनिक कालसम्म आइपुग्दा ढिलो, अनुत्तरदायी, प्रक्रियामूलक, नैतिक आचरणको उपहास गर्ने, भ्रष्ट, नागरिकको सेवाप्रति असंवेदनशीलजस्ता आरोप खेप्नुप¥यो । सरकारका नीति र कार्यक्रम कार्यान्वयनमा आएको सिथिलताले सीमित र दुर्लभ वित्तीय स्रोत र समयको अपव्यय भयो । आफ्नो न्यूनतम जिम्मेवारी पूरा गर्न नसकेपछि प्रशासनिक एवं व्यवस्थापकीय समाजमा कर्मचारीतन्त्रका विकल्प खोज्ने काम र विभिन्न प्रयोगहरू भए । तर, सरकार सञ्चालनका लागि कर्मचारीतन्त्र निर्विकल्प झंै देखियो र सुधारका लागि विकास प्रशासन, नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ नागरिक सेवा तथा सुशासन जस्ता सिद्धान्तहरू प्रयोगमा आए । यद्यपि, सार्वजनिक प्रशासन अपेक्षित रूपमा सक्षम नैतिकवान्, उत्तरदायी, पारदर्शी र परिणाममुखी बन्न सकेको देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)