मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटर्स समिट’ को तयारी अन्तिम चरणमा

barnanmedia.com · Fri May 23 22:35:04 GMT 2025

काठमाडौँ १० जेठः नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौँमा पहिलो पटक अन्तरराष्ट्रिय एभरेस्ट समिटर्स समिट आयोजना हुने भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक संस्थाका अध्यक्ष सुदर्शन नेपालले सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट रहने जानकारी दिनुभयो । सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर, तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण, र स्थानीय समुदायको उत्थानबारे अन्तरराष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)