विश्व पौडेलले आफैँ प्रमाणित गरे आफ्नो अयोग्यता
barnanmedia.com · Fri May 23 22:51:37 GMT 2025

नवनियुक्त गभर्नर विश्व पौडेलले गभर्नरजस्तो जिम्मेवार र मर्यादित पदका लागि आफैँ अयोग्य रहेको प्रमाणित गरेका छन् । उनी कानुनी रुपमा आयोग्य त छँदै थिए, आचरणगत, सोच र शैलीमा पनि देशको मौद्रिक नीति सञ्चालनका लागि अयोग्य रहेको कुरा नियुक्तिलगत्तै प्रमाणित गरिदिएका हुन् ।
पौडेलले गभर्नर पदको जिम्मेवारी सम्हालेलगत्तै दिएको अन्तर्वार्ताका अंशहरु अहिले सामाजिक सञ्जालमा छाएका छन् । उक्त अन्तर्वार्तामा उनी आफूलाई उच्च प्राज्ञिक र बौद्धिक व्यक्तित्वका रुपमा चिनाउन खोज्छन् । तर, त्यहाँ उनको फुस्रो अभिमान अभिव्यक्त हुन्छ । उनले निकै छुद्र, असहिष्णु र अमर्यादित टिप्पणीहरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)