मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी

ekantipur.com · Wed May 18 20:27:04 GMT 2022

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् । काफ्ले निवर्तमान वडा अध्यक्ष हुन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)