सुनचाँदी ब्यापारी पूर्व नम्वर एक धावक यामसाजन सुनुवार
neplays.com · Thu Apr 29 07:49:58 GMT 2021
नेपाली एथ्लेटिक्समा एक समय निकै चर्चाको नाम थियो यामसाजन सुनुवार । नेपालका एक समयका नम्वर एक छोटो दुरीका धावक मानिने यामसामजलाई चोटले करियर नै विश्राम गर्नुपर्ने अवस्थामा पुर्यायो । मांशपेशीको चोटले समस्या दिएपछि यामसाजनले खेलाडी जीवनबाट विश्राम लिने मुड बनाए । अहिले ती यामसाजन कहाँ के गर्दैछन भनेर कमैलाई मात्र बिस्तृत जानकारी होला ।
खेल्न छोडेपछि केहि समय विदेश जाने चक्करमा उनी भौतारिए । तर त्यसमा उनले सफलता हात पार्न सकेनन् । एक समय क्यानडा जाने निकै प्रयास गरेका यामसाजनको त्यो चाहना पनि अधुरो बन्यो । तर अहिले तीनै यामसाजन सुनको ब्यापारी बनेका छन । काेहलपुरमा उनले करिव दुई करोडको लगानीमा विवेक सुनचाँदी पसल स्थापना गरेका छन ।
नेपाली एथ्लेटिक्सका किर्तिमानी खेलाडी यामसाजन सुनारले व्यावसायिक यात्राको थालनी गरेका छन । उनले कोहलपुर नगरपालिका–११ स्थित विवेक सुन चाँदि पसलको सुरुआत गरेसँगै व्यवसायसँग जोडिएका हुन ।
नयाँ वर्षको अवसर पारेर उद्घाटन गरिएको विवेक सुन चाँदि पसलमा सुनचाँदिका गरगहना बिक्री र निर्माण गर्ने काम गरिन्छ । खेलसँगै आर्थिक पक्षलाई बलियो बनाउन व्यावसाय सुरुआत गरेको बताउँछन कीर्तिमानी खेलाडी सुनार । करिब २ करोड लगानीमा स्थापना गरिएको विवेक सुनचाँदी पसलले उद्घाटनको अवसरमा नयाँ अफर दिने पनि घोषणा गरेको छ ।
खेलाडी जीवन
यामसाजनले ब्यवसायीक रुपमा आठौं राष्ट्रिय खेलकुदमा आफुलाई औपचारिक प्रतियोगितामा उभ्याएका थिए । तर त्यो प्रतियोगिता उनका लागि खासै राम्रो हुन सकेन ।
यामसाजन एक समय छोटो दूरीमा निकै सफल खेलाडी थिए। १४ वर्षमै राष्ट्रिय च्याम्पियन भएका उनी नेपालका तीनवटै विभागबाट खेलेका छन । यामसाजनले करियरको अन्तिममा भने कर्णालीबाट प्रतिस्पर्धा गरेका थिए। यद्यपि, पुनः उनलाई चोटले सताइरह्यो। कहिलेकाहीं सामान्य रूपमा हिँडडुल गर्दा पनि दुख्ने भएपनि उनले खेलाडी जीवनबाट नै सन्यास लिनुपर्ने अवस्था पुगेको थियो ।
‘जाजरकोटमा जन्मिएका यामसाजन राष्ट्रपति रनिङ शिल्ड हुँदै राष्ट्रिय च्याम्पियनका रूपमा उभिएका थिए। पाँचौं संस्करणदेखि उनले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दै आइरहेका छन्। यामसाजनले पाँचौंमा लङजम्पमा स्वर्ण र ट्रिपल जम्पमा रजत जितेका थिए।
छैटौं पनि उनी लङजम्पज स्वर्ण, ट्रिपल जम्पमा सेकेन्ड र सय मिटर दौडमा रजत पदक जितेका थिए। त्यसपछि भने उनी सय मिटरमा कहिले दोस्रो हुनु परेन। छैटौंपछि सय मिटरको दौडमा उनी अग्र स्थानमा रहँदा आएका थिए। यद्यपि, आठौं खेलकुदमा उनी चोटका कारण पछि पर्न बाध्य भए।
सुरुमा गाउँमा थाली जित्नका लागि यो खेलमा लागेका थिए। मेला महोत्सवको समयमा कुद्न थाले। तर, त्यसलाई एथ्लेटिक्स भन्छ भन्ने थाहा थिएन। त्यहीँ थाली जित्नकै लागि कुद्न थाले। पछि आएर मात्र यो राम्रो खेलभित्र पर्छ भन्ने थाहा भयो। पछि नेपालगन्जबाट राष्ट्रपति रनिङ खेल्न थाले। त्यहीं माध्यमबाट १४ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन भए।
वि.सं. २०६५ सालमा उनी पहिलो पटक राष्ट्रिय च्याम्पियन भएका थिए। उनै यामसाजन चोटका कारण २५ वर्षको उमेरमै संन्यास लिने सोच्न बाध्य भएका थिए ।
आठौं खेलकुदमा सय मिटर दूरीमा प्रतिस्पर्धा गरे यामसाजन दोस्रो स्थानमै खुम्चिए। कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यामसाजनलाई एपिएफका खेलाडी आशिष चौधरीले पछि पारेका थिए। आशिषले ११ सेकेन्डमा दूरी पूरा गर्दा यामसाजनले ११.११ सेकेन्ड समय लगाएका थिए।
यो प्रतिस्पर्धामा पनि यामसाजन मुस्किलले दौडेका थिए। उनलाई चोटले पछिल्ला दिनमा निकै सताइरहेको छ। गत १८औं एसियाडमा पनि चोटका कारण यामसाजनले २ सय मिटरको प्रतिस्पर्धा बीचमै छोडेका थिए। खेल्ने क्रममा लगातार तिघ्रामा भएको दुखाइका कारणले उनले २ सय मिटरको विधा खेलेका थिएनन्।
एसियन गेम खेल्ने समयमा पनि यामसाजनले सोही किसिमको दुखाइको सामना गरेका थिए। त्यसअघि उनले कोलकतामा गएर उपचार गराएका थिए। केही समय ठीक भए पनि उनको चोट इन्डोनेसियामा भएको १८औं एसियाडमा पुनः दोहोरियो। दक्षिण कोरियामा सम्पन्न १७औं इन्चोन एसियाड र इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिसकेका यामसाजनले नयाँ काममा हात हाल्नु रहर मात्र नभइ बाध्यता भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)