मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपिएल-२०२३: चेन्नईलाई हराएर शीर्ष स्थानमा पुग्यो राजस्थान

kalakarmi.com · Thu Apr 27 23:50:58 GMT 2023

जयपुर– इन्डियन प्रीमियर लीग (आईपिएल) २०२३ मा राजस्थान रोयल्स (आरआर) ले विष्फोटक शैलीमा जीत हासिल गरेको छ । सञ्जू सामसनको कप्तानी रहेको राजस्थानको टीमले आफ्नो आठौं प्रतिस्पर्धामा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स (सिएसके) लाई ३२ रनले पराजित गरेको हो ।

यो जीतसंगै राजस्थानको टीम १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थानले अहिलेसम्म आठ खेलमध्ये पाँचमा जीत हासिल गरेको छ । जबकि हारपछि चेन्नईको टीम तेस्रो स्थानमा झरेको छ । धोनीको कप्तानी रहेको सीएसकेले पनि अहिलेसम्म आठ खेलमा पाँच जीत निकालेको छ । तर उत्कृष्ट रनरेटको आधारमा राजस्थान शीर्ष स्थानमा छ । सात खेल खेलेर पाँच जीत हासिक गर्ने गुजरात टाइटन्स दोस्रो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)