रवि र छवि मुद्दा टुंगो नलागेसम्म थुनामा नै रहन
rajdhanidaily.com · Fri May 23 23:18:30 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्चअदालत बुटवल इजलासको आदेशलाई सदर गरिदिएको छ । उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि थुनामै राख्नेगरी मातहत अदालतबाट भएको आदेशलाई सर्वो च्चले सदर गरिदिएको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि शुक्रबार दुवै जनालाई थुनामुक्त गरिरहनु नपर्ने आदेश जारी गरेको हो ।
जिल्ला अदालत रूपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । त्यसविरुद्ध दुवै पक्ष उच्चअदालत पुगे । उच्चअदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो । त्यसपछि रूपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए । लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राख्दै उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वो च्चले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएसँगै अब लामिछाने मुद्दाको टुंगो नलागेसम्म थुनामा रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)