मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख

barnanmedia.com · Fri Jul 19 23:00:55 UTC 2024

काठमाडौँ, ५ साउन: पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले अस्पतालमा रहनुहुनेछ । ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द यही साउन ३ गतेदेखि वीर अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहनु भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)