कवाडी खोलाको काठेपुल तर्ने क्रममा खसेर हुम्लामा दुई जना बेपत्ता
deshsanchar.com · Sat Aug 21 15:18:04 GMT 2021
सिमकोट– हुम्ला र बाजुरा जिल्लाको सीमाना कवाडी खोलाको काठेपुल तर्ने क्रममा लडेर खोलामा खस्दा दुई जना बेपत्ता भएका छन्। जडिबुटी संकलन गर्न जाने क्रममा कवाडी खोलाको काठेपुल तर्ने क्रममा लड्दा खोलामा परेका दुबै जनाको अवस्था अहिलेसम्म अज्ञात छ।
हुम्लाका प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माले खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली गाउँका स्थानीय दुई जना जडिबुटी संकलन गर्न जानेक्रममा हुम्ला र बाजुरा जिल्लाको सीमाना कवाडीको काठेपुल तर्ने क्रममा बिहीबार बेलुका खस्दा खोलामा बेपत्ता भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)