मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाचौं रारा ट्रेल रनको उपाधि युवकराज र सुनमायाले जिते

rajdhanidaily.com · Fri May 23 23:30:02 GMT 2025

मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको पाँचौ रारा ट्रेलरनको उपाधी जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँका युवक राज बुढा र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका २ कि सुनमाया बुढाले रारा ट्रेलरनको उपाधी चुमेका हुन ।

रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले पाच बर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो बर्ष पनि नेपालि सेना हनुमानध्वज गुल्मको आयोजनामा शुक्रबार भएको रारा ट्रेल रनको पाचौं सस्करणमा महिला तर्फ ३८ र पुरुष १ सय ७५ जना गरेर २ सय २३ जनाले सहभागिता जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)